धौलागिरिमा बेपत्ता पाँच रुसी नागरिकको शव भेटियो

हिमाल प्रेस २२ असोज २०८१ २१:०९
58
SHARES
धौलागिरिमा बेपत्ता पाँच रुसी नागरिकको शव भेटियो

काठमाडौँ- धौलागिरि हिमाल आरोहणका क्रममा आइतबार राति बेपत्ता भएका पाँचजना रुसी आरोहीहरूको शव फेला परेको छ। आरोहण व्यवस्थापन गरेको आईएम ट्रेकिङ एन्ड एक्सपिडिसनका पेम्बा ज्याङ्बु शेर्पाका अनुसार उद्धार हेलिकप्टरले ७,१०० मिटरको उचाइमा ती शव फेला पारेको हो।

‘केही दिनअघि धौलागिरि सफलतापूर्वक आरोहण गरेका रुसी आरोही दानिसले हेलिकप्टरबाट खोजी गरी ७,१०० मिटरको उचाइमा पाँचै शव फेला पारेका हुन्’, शेर्पाले भने। उनीहरू फिक्स्ड रोप बिना अल्पाइन शैलीमा हिमाल चढ्दै थिए।

७,६०० मिटर वरिपरिको कठिन ठाउँमा एक जना लडेर अरू चारलाई तानेका हुन सक्ने अनुमान शेर्पाले गरेका छन्।  मृतक पाँचजनामा अलेक्जान्डर दुसेको, ओलेग क्रुग्लोभ, भ्लादिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई छन्। उनीहरू १४ सदस्यीय रुसी आरोहण दलको दोस्रो टोलीका सदस्य थिए। शेर्पाका अनुसार आरोहण दलका अन्य सदस्यहरू शव ल्याउन बिमा कम्पनीसँग सम्पर्कमा छन्।

प्रकाशित: २२ असोज २०८१ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =