पेट्रोल ट्यांकरबाट गाँजा बरामद

हिमाल प्रेस २२ असोज २०८१ १५:०२
12
SHARES
पेट्रोल ट्यांकरबाट गाँजा बरामद

काठमाडौँ- मकवानपुर प्रहरीले पेट्रोल ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले मंगलबार गाँजासहितको ट्यांकर नियन्त्रणमा लिएको हो।

पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्यांकरलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ३८२ केजी गाँजा बरामद भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए।

प्रहरीले ट्यांकर चालक मनहरा गाउँपालिका–९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र सोही स्थानका सहचालक २२ वर्षीय धनबहादुर मल्लाई पक्राउ गरेको छ।

ट्यांकरको पाँचवटा डिब्बाहरूमध्ये तीन नम्बरको डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लास्टिकले बेरेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असोज २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =