व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

हिमाल प्रेस २१ असोज २०८१ २१:२५
6
SHARES
व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग

दमौली – तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु. पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पु(याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण सङ्कलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

बैठकले नगर क्षेत्रभित्र बढ्दो डेङ्गुको संक्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ।

प्रकाशित: २१ असोज २०८१ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast