राप्ती खोलामा हाम्फालेका चौधरीको सकुशल उद्धार

हिमाल प्रेस २१ असोज २०८१ १८:००
8
SHARES
राप्ती खोलामा हाम्फालेका चौधरीको सकुशल उद्धार

काठमाडौँ- राप्ती नदीमा हाम्फालेका एक युवकलाई प्रहरी सकुशल उद्धार गरेको छ।

दाङ गढवा गाउँपालिका–२ महादेवास्थित राप्ती नदीको पुलबाट हाम्फालेका अन्दाजी ३२/३३ वर्षीय आशाराम चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको हो।

बिहान साढे ६ बजेतिर घरबाट निस्केका राप्ती गाउँपालिका–७ अननपुर घर भएका चौधरी राप्ती खोलामा हाम्फालेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीय खोजीमा जुटेका थिए।

नदीमा बगिरहेको अवस्थामा चौधरीलाई राप्ती गाउँपालिका–६ बगरापुरघाटबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी कविराज रोकायले जानकारी दिए।

जन्डिसका बिरामी रहेका उनी झारफुक गर्न भन्दै घरबाट निस्केका थिए। घरबाट निस्किएको केही बेरपछि चौधरी राप्ती नदीमा हाम्फालेको खबर प्रहरीले पाएको थियो। प्रहरी र स्थानीयले उनलाई बिहान ९ : २० तिर उद्धार गरेका थिए।

प्रकाशित: २१ असोज २०८१ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =