चिनियाँ नागरिकलाई लक्षित गरेर पाकिस्तानमा बम विस्फोट, दुई जनाको मृत्यु

हिमाल प्रेस २१ असोज २०८१ १५:४७
4
SHARES
चिनियाँ नागरिकलाई लक्षित गरेर पाकिस्तानमा बम विस्फोट, दुई जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानको कराची अन्तर्राष्ट्रिय विमानस्थलनजिक भएको विस्फोटमा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ।

यो घटनालाई लिएर पाकिस्तानस्थित चिनियाँ दूतावासले वक्तव्य निकालेको छ। दूतावासले वक्तव्य जारी गरेर आइतबार राति ११ बजे पोर्ट कासिम इलेक्ट्रिक पावर कम्पनीमा कार्यरत चिनियाँ कर्मचारीमाथि आक्रमण भएको जनाएको छ।

कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको आक्रमणमा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको पाकिस्तान सरकारले जनाएको छ।

आक्रमणको जिम्मेवारी पाकिस्तानको ‘बलूच लिबरेशन आर्मी’ भन्ने समूहले लिएको छ। चिनियाँ इन्जिनियर र लगानीकर्तालाई लक्षित गरेर आक्रमण गरेको यो समूहले जनाएको छ।

यो घटनापछि सँघाई सहयोग संगठनका नेताहरूको शिखर सम्मेलनको तयारीलाई लिएर पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: २१ असोज २०८१ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =