राष्ट्रपति पौडेलसँग दक्षिणकालीका मेयरले मागे मन्दिर पुनःनिर्माण सहयोग

हिमाल प्रेस २१ असोज २०८१ ११:१२
14
SHARES
राष्ट्रपति पौडेलसँग दक्षिणकालीका मेयरले मागे मन्दिर पुनःनिर्माण सहयोग

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन्।

काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख (मेयर) मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे।

साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए।

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए।

प्रकाशित: २१ असोज २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =