पठन संस्कृति विकास गर्ने उद्देश्यले कारागारलाई पुस्तक

हिमाल प्रेस २१ असोज २०८१ १०:१८
14
SHARES
पठन संस्कृति विकास गर्ने उद्देश्यले कारागारलाई पुस्तक

सङ्खुवासभा- साब्लाबुङ पुस्तकालय अभियानले खाँदबारी कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ विभिन्न विषयका पुस्तक उपलब्ध गराएको छ।

कैदीबन्दीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए।

एक लाख ५० हजारबराबरको कानुन, साहित्य लगायत अन्य प्रेरणादायक नौ सय थान बढी पुस्तक उपलब्ध गराइएको उनले बताए।

अभियानले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने अभियानका साथ काम गरिहेको अध्यक्ष राईले बताए।

जेलर तुलसी पौडेलका अनुसार कारागारमा एक सय ३५ कैदीबन्दी रहेको छन्।

प्रकाशित: २१ असोज २०८१ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =