नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

हिमाल प्रेस २१ असोज २०८१ १०:०९
10
SHARES
नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौँ- नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ। देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो।

संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपीबी) ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति संघले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो।

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रबाट उक्त दिन १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने छ।

प्रकाशित: २१ असोज २०८१ १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast