‘धान बिक्री गरेर दसैँ मनाउने सोच थियो, बाढीले लग्यो’

हिमाल प्रेस २१ असोज २०८१ ९:०१
22
SHARES
‘धान बिक्री गरेर दसैँ मनाउने सोच थियो, बाढीले लग्यो’ सुनसरीको इनरुवा नगरपालिका–४ स्थित खेतमा वर्षापछि आएको बाढीले डुबाएको धान काट्दै किसान। पाक्ने बेला भएको धान ढलेर हिलोमा डुब्दा किसान मर्कामा परेका छन्। तस्बिरः नवीन गड्तौला/रासस

सुनसरी- सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका  दुछन्। उनले ती मध्ये उनले करिबई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए।

उनले भने,‘दसैँअगाडि नै धान भित्र्याने सोच बनाएको थिएँ। आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिएँ। यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो।’

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन। यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए।

उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार खर्च गरेका थिए। उनले भने,‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो। यसपटक दसैँ दशा भएर आयो।’

किसान रामवृक्ष मेहता।

बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ। धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ। धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ।

जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्यांक संकलन जारी रहेको छ। कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

प्रकाशित: २१ असोज २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =