शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण उम्मेदवारहरूबारे केन्द्रको यस्तो जानकारी

हिमाल प्रेस २१ असोज २०८१ ८:११
674
SHARES
शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण उम्मेदवारहरूबारे केन्द्रको यस्तो जानकारी

काठमाडौँ- माध्यमिक तह तृतीय श्रेणीमा उत्तीर्ण उम्मेदवारहरूको पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयमा जानकारी गराइएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षाबाट माध्यमिक तह तृतीय श्रेणीमा उत्तीर्ण उम्मेदवारहरूको पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयमा पठाइएको जानकारी गराएको छ।

केन्द्रले शुक्रबार सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयलाई जानकारी गराइएको जनाएको छ।

केन्द्रद्वारा जारी जानकारी पत्रमा भनिएको छ,‘शिक्षक सेवा आयोगको च.नं.१३१ मिति २०८१/०६/१३ को पत्रसाथ प्राप्त माध्यमिक तह तृतीय श्रेणीका सफल उम्मदेवारको विवरण, स्वीकृत शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन र जिल्लागत रिक्त दरबन्दी विवरण शिक्षक नियुक्ति तथा पदस्थापन प्रयोजनार्थ सातओटै प्रदेशका शिक्षा विकास निर्देशनालयमा पठाइसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’

प्रकाशित: २१ असोज २०८१ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =