‘माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ’

हिमाल प्रेस २० असोज २०८१ १९:५०
10
SHARES
‘माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ’

चितवन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आइतबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु,’ उनले भने।

फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए। उनले राजनैतिक दल, सरकार र सामाजिक संघसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए। उद्धार, राहत र पुनःस्थापनको काममा सरकार युद्धस्तरमा जुट्नुपर्ने उनले बताए।

प्रकाशित: २० असोज २०८१ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =