महिला टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६ विकेटले पराजित

हिमाल प्रेस २० असोज २०८१ १९:३६
8
SHARES
महिला टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६ विकेटले पराजित

काठमाडौँ- महिला टी–२० विश्वकपको म्याचमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।

संयुक्त अरब इमिरेट्समा जारी विश्वकप प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले भारतसामु जितका लागि १०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले यो लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

भारतका लागि सेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन्। कप्तान हर्मनप्रित कौर २९ रन बनाएर रिटायर्ड हर्ट भइन्। त्यस्तै जेमिमाह रोड्रिग्स २३ र स्मृति मन्दना ७ रन बनाइन्। दिप्ती शर्मा र सजीवना सजना ४ बनाएर नटआउट रहिन्।

पाकिस्तानका लागि फतिमा सनाले २ र सादिया इकबाल र ओमैमा सोहेलले १–१ विकेट लिइन्।

यसअघि ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमात्र बनाउनसक्यो। पाकिस्तानका लागि निदा दारले सर्वाधिक २८ रन बनाइन्। निदाबाहेक पाकिस्तानका अन्य ब्याटरहरू भारतीय बलिङसामु निरीह देखिए।

ओपनर मुनिबा अलीले १७ रन बनाउँदा अर्की ओपनर गुल फिरोजा शून्य रनमा आउट भइन्।

त्यस्तै सिद्रा अमिन ८, ओमानिया सोहेल ३, आलिया रियाज ४, फतिमा सनाले १३ रन जोडिन्।

भारतका लागि अरनदती रेडीले ३, श्रेयन्का पाटिलले २, रेनुका सिंह, दिप्ती शर्मा र आशा शोभनाले १–१ विकेट लिइन्।

प्रकाशित: २० असोज २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =