भासिएको सडक मर्मतपछि दाउन्नेमा दुईतर्फी नै गाडी चल्न थाले

हिमाल प्रेस २० असोज २०८१ १३:५३
16
SHARES
भासिएको सडक मर्मतपछि दाउन्नेमा दुईतर्फी नै गाडी चल्न थाले

काठमाडौँ- पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मतपछि दुईतर्फी नै यातायात सेवा सञ्चालन हुन थालेको छ। गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएको थियो।

भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो।

दाउन्ने सडकमा अहिले दुईतर्फी नै यातायात सेवा सञ्चालन भए पनि फेरि सडक भासिने जाेखिम भने कायमै रहेकाे बाेहाेराले बताए।

प्रकाशित: २० असोज २०८१ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =