खाद्य कम्पनीद्वारा आजदेखि खसीबोका बिक्री खुला, किलोको कति?

हिमाल प्रेस २० असोज २०८१ ६:१७
14
SHARES
खाद्य कम्पनीद्वारा आजदेखि खसीबोका बिक्री खुला, किलोको कति?

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँ बिक्री खुला गरेको हो।

यस्तै, च्यांग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँ बिक्री खुला गरिएको कम्पनीको भनाइ छ। कम्पनीले दिएको जानकारीअनुसार शनिबारसम्म २०८ खसीबोका र तीन सय च्यांग्रा भित्रिसकेको छ। हेटौँडाबाट २०८ खसीबोका आउनेक्रम जारी छ।

खाद्यले च्यांग्रा भने मुस्ताङबाट ल्याएको छ। चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्यांग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। यसपल्टको दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्यांग्रा ल्याउने योजना बनाएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

यो पनि

प्रकाशित: २० असोज २०८१ ६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =