भारतीय सेनाका मेजर जनरल देवगन स्वदेश फिर्ता

हिमाल प्रेस १९ असोज २०८१ २१:११
8
SHARES
भारतीय सेनाका मेजर जनरल देवगन स्वदेश फिर्ता

काठमाडौँ- भारतीय सेनाका मेजर जनरल चरणजीतसिंह देवगन (वाईएसएम, कर्णेल अफ द रेजिमेन्ट, ३ गोर्खा राइफल्स) ६ दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएका छन्।

१४ असोजमा नेपाल भ्रमणका लागि काठमाडौँ पुगेका देवगन शनिबार स्वदेश फर्किएका हुन्।

भ्रमणका क्रममा देवगनले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गरेका थिए। शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटका क्रममा नेपालसँग भारतको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो।

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए। उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएसमा नेपालका पहुँचलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए।

मेजर जनरल देवगनले पोखराको भ्रमणसमेत गरेका थिए। त्यसक्रममा उनले एक कार्यक्रमका बीच वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे।

उनले नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि भारतीय दूतावासस्थित रक्षा प्रभागले गरिरहेको कामको प्रशंसा गरे।

प्रकाशित: १९ असोज २०८१ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =