जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हिमाल प्रेस १९ असोज २०८१ १७:४०
12
SHARES
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्ला– हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको हो।

हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालीका–२० का ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ। मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए।

प्रकाशित: १९ असोज २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =