जानू नै मन भए जाउ दमाहा बजाएर
जाउ कि नजाउ दोमन नगर भो
फुर्सद छैन आजकल आमाको खबर सोध्ने हजुर
चिन्नै मुश्किल छ सँगै बसेर खुट्टा तान्नेहरु को ।
भेट्दा देख्दा वा ! वा ! गर्छन् यहाँ
मरेपछि देखावटी जो पनि रुन्छन् हो
पराइलाई जति आफ्नो मानेपनि हजुर
मरेपछि शव उठाउने त केवल आफ्नाले नै हो ।
बाँञ्चुन्जेल बाँच्न दिदैनन् यहाँ
चुक्ली लाउनेको जमाना छ यो
जीवनभर अरुको लागि राम्रो हुन नसकेको म हजुर
मर्ना साथ कसरी राम्रो भएँ ?
दुइजिब्रे भए मान्छे यहाँ
गर्छन् एउटा बोल्छन अर्को
तिमीले पनि त घात गर्याै मै माथि हजुर
तिमीसँगै छु भन्दै हात समायौं पराइको ।
मुटुमा अलिकति ठाउँ त मागेको थे
तिमीले जिन्दगी नै सुम्पिदिए भन्यौ
जिन्दगी नै सुम्पनेले पनि यहाँ हजुर
धोका पाउने जमाना हो यो ।
–शुरज थपलिया
प्रकाशित: १९ असोज २०८१ १०:४१
प्रतिक्रिया