दाउन्नेमा फेरि भत्किँयो सडक

हिमाल प्रेस १९ असोज २०८१ ८:४२
10
SHARES
दाउन्नेमा फेरि भत्किँयो सडक

काठमाडौँ- पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो। मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन सुरु गरिए पनि फेरि सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

उनका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको छ। सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले बताए।

प्रकाशित: १९ असोज २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =