सहरमा आज : शिल्पीमा ‘मुक्कुमलुङ’ मञ्चनसहित हलमा ‘बेहुली फ्रम मेघौली’ र ‘जोकर’ भिड्दै

हिमाल प्रेस १९ असोज २०८१ ६:२५
2
SHARE
सहरमा आज : शिल्पीमा ‘मुक्कुमलुङ’ मञ्चनसहित हलमा ‘बेहुली फ्रम मेघौली’ र ‘जोकर’ भिड्दै

काठमाडौँ- आज असोजको तेस्रो शनिबार। घटस्थापनादेखि सार्वजनिक विदा भएसँगै दसैँमा घर जाने र सामान किनमेल गर्नेको भिडले सहरमा दसैँको चहलपहल सुरु भइसकेको छ। फुर्सदमा हुुनुहुन्छ भने हामीले सधैझैँ उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता कहाँ के हुँदैछ त?

सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ विमोचन
बालिकास्थानस्थित सर्वनाम थिएटरमा आज सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ विमोचन हुँदैछ। दिउँसो साढे २ बजे सुरु कार्यक्रममा श्रवण मुकारुङ, गणेश खनियाँ र डा. विन्दु शर्मा वक्तामाका रुपमा उपस्थित हुनेछन्। कार्यक्रममा अन्शु खनाल,इंगिहोपो कोँइच सुनुवार, भूमिका थारु, युग सर्वनाम, राधिका परियार, वेदनिधि पौडेलले कविता वाचन गर्नेछन्। कार्यक्रम सम्भव समुहले आयोजना गरेको हो।

शिल्पीमा ‘मुक्कुमलुङ’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ देखि नाटक ‘मुक्कुमलुङ’मञ्चन भइरहेको छ। नाटक डा. चित्र मावोको चर्चित कृति ‘डोलीभार्ना’ मा आधारित छ। प्रा.ज्ञ. राजन मुकारुङले नाटकको नाट्य रूपान्तरण गरेका छन्।

हाल पाथीभराको नामले चिनिने स्थान प्रचीनकालमा मुक्कुमलुङ डाँडा रहेको भन्दै नाटकमार्फत उक्त ठाउँको नाम रैथाने नाम कायम गर्न माग गरिएको छ। ‘मुक्कुमलुङ’ लिम्बूको जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा विश्वास र आस्थाको धरोहर मानिन्छ।
रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेको नाटकको आज दुई सो हुनेछ। र दिउँसो १ बजे र साँझ ५ः१५ बजे। नाटक असोज २० अर्थात् भोलिसम्म मञ्चन हुनेछ।

नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रायस बान्तवा राई, शायोक मुकारुङ, रमिला मोक्तान, आकाश नेपालीलगायत कलाकारको अभिनय छ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

बेहुली फ्रम मेघौली
असोज १७ देखि हलमा फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन भइरहेको छ। फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत मुख्य भूमिकामा छन्। फिल्म विवाहको संस्कारमा आधारित छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको ३४ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, सिटी सिनेमाजमा फिल्म ‘बेहुली फ्रम मेघौली’ चलिरहेको छ।

जोकर
असोज १८ देखि नेपालमा अंग्रेजी फिल्म ‘जोकर’ प्रदर्शन भइरहेको छ। क्राइम, थ्रिलर र ड्रामा जनरामा बनेको फिल्ममा जोक्किन फिनिक्स, लेडी गंगा, जाजी बेज, ब्रेन्डन ग्लेसन, क्याथरिन केनरलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक टोड फिलिप्स हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्समा फिल्मको ३१ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘जोकर’ चलिरहेको छ।

खुस्मा
अशोक थापा मगरको लेखन र निर्देशनमा बनेको फिल्म ‘खुस्मा’ असोज ३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा धीरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। मगर समुदायको परिवेशमा निर्माण भएको फिल्म जनयुद्धको समयको प्रेम कथामा आधारित छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, सिटी स्क्वायर मल, सिभिल मलमा फिल्मको ३ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा ‘खुस्मा’ प्रदर्शन भइरहेको छ।

देवराः पार्ट वान
असोज ११ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘देवराः पार्ट वान’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक कोरतला शिव हुन्। फिल्ममा जुनियर एनटीआर, जान्हवी कपुर, सैफ अलि खान मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्क्वायर मलमा फिल्मको १४ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिटी सिनेमाज फिल्म ‘देवराः पार्ट वान’ चलिरहेको छ।

शाम्बाला
भदौ २८ देखि फिल्म ‘शाम्बाला’ प्रदर्शन भइरहेको छ। मीनबहादुर भाम निर्देशित फिल्ममा बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता पत्नि खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई प्रस्तुत गरिएको छ।

फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा, लोटन निमलिङ, जंगबहादुर लामा लगायतका कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको ३ सो छ। एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स ‘शाम्बाला’ चलिरहेको अन्य हल हुन्।

प्रकाशित: १९ असोज २०८१ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =