मधेश सरकारले दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने

हिमाल प्रेस १८ असोज २०८१ १५:३१
8
SHARES
मधेश सरकारले दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने मधेश सत्ता गठबन्धनकाे बैठक

काठमाडौँ- मधेश प्रदेश सरकारले बाढीपहिरो प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार बोलाएको प्रदेश गठबन्धन दलको बैठकमा उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

लोसपा प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले गठबन्धनको बैठकले उद्धार कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्न सरकारलाई आग्रह गरेको बताए।

बैठकको आग्रहअनुसार मुख्यमन्त्री सिंहले यो रकम उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका हुन्।

त्यस्तै गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेको छ।

प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, पदाधिकारीको कार्यअवधि, कामकाजको प्रभावकारितालगायतका विषयमा अध्ययन र मूल्यांकन गर्न समिति गठन भएको हो।

लोसपा संसदीय दलका उपनेता महतोको संयोजकत्वमा गठन भएको समितिमा एमालेका तर्फबाट प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवाल, नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य छन्।

प्रकाशित: १८ असोज २०८१ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast