यस्तो छ ‘ज्वाइँ साब’ को ट्रेलर

हिमाल प्रेस १८ असोज २०८१ ११:२८
24
SHARES
यस्तो छ ‘ज्वाइँ साब’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ५६ सेकेन्डको सार्वजनिक ट्रेलरमा विवाहको प्रसंगलाई प्राथमिकता दिइएको छ।

फिल्मका मुख्य पात्र जितु नेपाल र नीति शाह हुन्। विभिन्न प्रतिस्पर्धामा भाग लिई उनी नीतिसँग विवाह गर्न योग्य ठहरिएको देखिन्छ। र अन्तमा एयरपोर्टको दृश्यमा जितु र नीतिलाई बच्चाको साथमा छन्। जितु भने वैदेशिक रोजगारीमा जान बाध्य भएको देखाइएको छ।

राजकुमार पण्डितको प्रस्तुति रहेको फिल्म वसन्त निरौलाले निर्देशन गरेका हुन्। फिल्म यही असोज २४ मा प्रदर्शन हुनेछ। सविन अधिकारीको कथा रहेको फिल्ममा शङ्कर धितालको पटकथा लेखन छ।

फिल्ममा जितु, नीतिसहित बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, ईशान राउतलगायत कलाकारको अभिनय छ।

रेड आइ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा समीर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङले लगानी गरेका छन्।

प्रकाशित: १८ असोज २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =