सुनको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस १८ असोज २०८१ ११:२३
100
SHARES
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत असोज ११ गते सुन उच्च मूल्यमा कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ मा कारोबार भएको थियो।

आज प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य उक्त दिनकोभन्दा बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँ मा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँ मा कारोबार भएको थियो। बिहीबारको तुलनामा भने शुक्रबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रुपैयाँ मा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ बढेको हो।

प्रकाशित: १८ असोज २०८१ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast