क्यानडालाई त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि

हिमाल प्रेस १८ असोज २०८१ ७:४३
20
SHARES
क्यानडालाई त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि

काठमाडौँ- त्रिकोणात्मक टि-२० सिरिजको उपाधि क्यानडाले जितेका छ। क्यानडाको किंगसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि हात पारेको हो।

क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो। ओमानविरुद्धको पहिलो खेलमा क्यानडा ८ विकेटले पराजित भएको थियो। सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो। यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो।

आजको खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए। त्यस्तै दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए।

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान २-२ विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो।

ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन्। त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ क्यानडाका प्रभिन कुमार र अखिल कुमारले समान ३-३ विकेट लिए। हर्ष ठाकरले २ विकेट लिँदा सादविन जफरले भने एक विकेट लिए।

प्रकाशित: १८ असोज २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =