भेडाको व्यापार खस्कियो, एउटा भेडाको मूल्य कति?

हिमाल प्रेस १८ असोज २०८१ ७:२८
46
SHARES
भेडाको व्यापार खस्कियो, एउटा भेडाको मूल्य कति? फाइल तस्बिर

गुल्मी- दसैँ सुरु हुन थालेसँगै बागलुङको ढोरपाटनबाट ६० वर्षीय चुरामणि भट्टराई भेडा बिक्री गर्नका लागि सदरमुकाम तम्घास आएका छन्। उनले ५० वटा भेडा लिएर आए पनि पहिले जस्तो बिक्री नभएको बताए। पहिले पहिले भेडा आएभन्दा किन्नेको लर्को लाग्ने गरेको अनुभव उनले सुनाए।

विगत १० वर्षदेखि भेडाको व्यापार गर्दै आएका उनले विगतका वर्षमा जस्तो भेडाको व्यापार नभएको र भेडाको व्यापार खस्किँदो अवस्थामा रहेको बताए। जिउँदो प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री गरेको बताउँदै उनले एउटा भेडाको मूल्य १३ हजारदेखि २० हजार रुपैयाँसम्म पर्ने बताए।

गुल्मी, पाल्पा, अर्घाखाँची र पर्वतमा आफूले भेडा लिएर बेच्न हिँड्ने गरेको उनले बताए। उनको भनाइमा विगतका वर्षमा एक सयभन्दा बढी भेडा बिक्री गर्ने गरेको र यस वर्षको लक्ष्य सोही अनुसार बिक्री हुने भए पनि अवस्था त्यस्तो छैन।

पहिले दसैँमा भेडा किन्ने र साथीभाइसँग बसेर खाने गरेको भए पनि अहिले त्यो बिस्तारै हराउँदै जान थालेको उनले बताए। विगतका वर्षमा आफूले पालेका र खरिद गरेर ल्याएका भेडा बिक्रीबाट एक लाख रुपैयाँभन्दा बढी नाफा कमाउने गरेको अनुभव सुनाउँदै उनले यस वर्ष भने व्यापार खस्किएको बताए। गोरखापत्र दैनिकबाट

प्रकाशित: १८ असोज २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =