आज यी प्रदेशमा वर्षाको सम्भावना

हिमाल प्रेस १८ असोज २०८१ ६:४०
20
SHARES
आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभरको मौसमसम्बन्धी नियमित अपडेट गराउँदै विभागले बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

त्यस्तै देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै विभागले देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

विभागको भनाइमा आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: १८ असोज २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =