आज नवरात्रको दोस्रो दिन,यस्तो त तपाईँको राशिफल

हिमाल प्रेस १८ असोज २०८१ ५:४४
392
SHARES
आज नवरात्रको दोस्रो दिन,यस्तो त तपाईँको राशिफल

आज मिति २०८१, असोज १८ गते शुक्रबार। असोज शुक्ल द्वितीया तिथि। पञ्चाङ्ग: वैधृति बालव चित्रा। तदनुसार २०२४ अक्टोबर ४। आज यस्तो छ तपाईँको राशिफल।

मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। साथीभाइको सहयोग मिल्नेछ। आयआर्जन पनि राम्रै हुनेछ।

वृष : आफ्नो अधिकारको लागि लड्नुपर्ने छ। काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ। शत्रुहरू पराजित हुनेछन्।

मिथुन : काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ। सुखद् समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

कर्कट : सन्तानले प्रसन्नता दिलाउनेछन्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह : परिवारको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ। व्यवसायबाट पनि फाइदा हुनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

कन्या : दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। काममा सफलता मिल्नेछ। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

तुला : सामाजिक मानसम्मान पाइने समय छ। रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। काममा केही चुनौतीहरू देखिनेछन्।

वृश्चिक : सोचेको आटेको काममा सफलता मिल्नेछ। साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ।

धनु : व्यवसायबाटबाट राम्रो लाभ मिल्ने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सफल गर्ने मौका छ।

मकर : पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ। मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ : धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्। मनग्य धन कमाउने अवसर मिल्नेछ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ।

मीन : पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित: १८ असोज २०८१ ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =