बाइस लाख नगदसहित दुईजना पक्राउ

हिमाल प्रेस १७ असोज २०८१ २०:०२
14
SHARES
बाइस लाख नगदसहित दुईजना पक्राउ

जलेश्वर– महोत्तरीमा प्रहरीले स्रोत नखुलेको रु. २२ लाखसहित दुईजनालाई पक्राउ गरेको छ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले बिहीबार रु. १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो। ज ७ प ७६२८ नम्बरको मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु. १२ लाखसहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो।

प्र २–०२–००५ प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ असोज २०८१ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast