लिङ्गदेनले गरे पार्टी प्रमुखहरूको जिम्मेवारी हेरफेर

हिमाल प्रेस १७ असोज २०८१ १९:३२
26
SHARES
लिङ्गदेनले गरे पार्टी प्रमुखहरूको जिम्मेवारी हेरफेर राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले पार्टी विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। अध्यक्ष लिङ्गदेनले पार्टी विधानअनुसार विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

उनले संगठन विभाग प्रमुख वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका छन्। महामन्त्री धवलशम्शेर राणालाई हटाएर उनले तामाङलाई संगठन विभागको जिम्मेवारी दिएका हुन्।

अध्यक्ष लिङ्गदेन र महामन्त्री राणाबीच पछिल्लोपटक सम्बन्ध चिसिएको थियो।

संगठन विभाग प्रमुख बनाइएका तामाङ यसअघि राजनीतिक विभाग प्रमुख थिए। लिङ्गदेनले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिएका छन्।

त्यस्तै स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाएका छन्। यसअघि उनी प्रशिक्षण विभाग प्रमुख थिए।

लिङ्गदेनले स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारीबाट रोशन कार्कीलाई हटाएर प्रधानलाई जिम्मेवारी दिएका हुन्। त्यस्तै पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्काले जिम्मेवारी पाएका छन्।

पार्टीको विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग प्रमुख केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समिति प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने मनोनित भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित: १७ असोज २०८१ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =