पाँच मुख्य राजमार्गका ३१ स्थानमा सडक अझै अवरूद्ध

हिमाल प्रेस १७ असोज २०८१ १६:१८
पाँच मुख्य राजमार्गका ३१ स्थानमा सडक अझै अवरूद्ध

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अझै पाँच मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरूद्ध रहेको जनाएको छ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले पाँच मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरूद्ध रहेको र खुलाउने प्रयास जारी रहेको बताए।

मन्त्रालयका अनुसार देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको छ। जसमध्ये ७७४ स्थानको पहिरो हटाई यातायात सञ्चालन गरिएको छ।

अरनिको राजमार्गको लार्चा–कोदारीखण्डको पाँच किमी, बीपी राजमार्गको १८ किलोमिटर, मध्यपहाडी राजमार्गको ८० किलोमिटर, कान्ति राजपथको १३ किलोमिटर र मेची राजमार्गको ८ किलोमिटर हेवा पुलसहित मर्मत गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १७ असोज २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast