काठमाडौँ- पृथ्वी राजमार्गको भासिएपछि निर्माणका लागि एकतर्फी खुलाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ०९ स्थित कृष्ण भीरमा सडक दबेको छ। सडक दबेपछि अहिले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।
प्रहरीले झ्याप्ले खोला, सुरुङ मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चार किलो २ नं नौबिसे, कमेरे, चिरौदी र परेवा भीर लगायतका स्थानमा सवारी चलाउन होसियारी अपनाउन अनुरोध गरेको छ।
प्रकाशित: १७ असोज २०८१ १२:४७
प्रतिक्रिया