अभियन्ता राईले गरे माहेश्वरी माविलाई सवा १ लाखको पुस्तक सहयोग

हिमाल प्रेस १७ असोज २०८१ ९:०६
46
SHARES
अभियन्ता राईले गरे माहेश्वरी माविलाई सवा १ लाखको पुस्तक सहयोग संखुवासभाको याफुस्थित माहेश्वरी माविलाई पुस्तक हस्तान्तरण गर्दै उपन्यसाकार एवम् साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राई।

काठमाडाैँ- साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष उपन्यासकार राजकुमार राईले संखुवासभाको याफुस्थित माहेश्वरी माविलाई १ लाख २७ हजार मूल्यको पुस्तक सहयोग गरेका छन्।

उनले विद्यालयमा हालै आयोजित समारोहमा प्रधानाध्यपक टेकसिं राई र अध्यक्ष बुद्धिमान राईलाई १ हजार ९२ वटा पुस्तक सहयोग गरेका हुन्।

समारोहमा अभियन्ता राईले पुस्तकालय दोस्रो विश्वविद्यालय भएको बताए। उनले भने, ‘पुस्तकालय विद्यार्थीका निम्ति मात्र नभएर शिक्षक, कर्मचारी, किसान, व्यापारी सबैलाई जरुरी छ।’

छोराछोरी असल बनाउन अभिभावकले पनि पुस्तकहरू पढ्नुपर्ने उनको भनाइ छ। प्रधानाध्यापक राईले दैउसीभैली खेलेर पुस्तकालयका निम्ति पुस्तक किनेको संस्मरण गर्दै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १७ असोज २०८१ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast