पूर्वका यी नदीमा उच्च जोखिम

हिमाल प्रेस १७ असोज २०८१ ८:३४
20
SHARES
पूर्वका यी नदीमा उच्च जोखिम

काठमाडौँ- पछिल्लो ३ घण्टामा पूर्वी क्षेत्रमा अत्याधिक पानी परिरहेको छ। वर्षातका कारण स्थानीय खोलामा पानीको बहाव उच्च छ।

अहिले झापाको अनारमनी बिरता, शनिश्चरे, बाहुनडांगी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्य देखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको छ।

उक्त क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला ,माई खोला, अदुवा खोला, बाहुने खोला लगायत अन्य स साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा रहेकाले उच्च सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

प्रकाशित: १७ असोज २०८१ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast