मेलम्चीको पानी काठमाडौँमा आउँछ : खानेपानी मन्त्री

हिमाल प्रेस १७ असोज २०८१ ८:०३
8
SHARES
मेलम्चीको पानी काठमाडौँमा आउँछ : खानेपानी मन्त्री

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले अबको दुई-तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने उनले बताएका हुन्।

२०७८ सालको बाढीपहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीय त्रसित रहेकाले केही समस्या रहे पनि सरकारले छिट्टै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने उनले बताए।

‘२०७८ सालको बाढीपहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भयो। त्यसको कारणले गर्दा वर्षातमा मुहान बन्द गर्छौं। वर्षा सकिएपछि मात्रै पानी दिन्छौँ। तर मलाई लाग्छ मौसम विज्ञानले फेरि केही दिन कोशी र बागमती प्रदेशमा अलर्ट रहनु भनेकाले रोकेका छौँ तर यो चेतावनी सकिए लगत्तै हामी मेलम्चीको पानी खोल्छौँ,’ उनले भने।

प्रकाशित: १७ असोज २०८१ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast