भक्तपुरको हनुमन्ते खोलामा उच्च जलप्रवाह

हिमाल प्रेस १७ असोज २०८१ ७:३८
30
SHARES
भक्तपुरको हनुमन्ते खोलामा उच्च जलप्रवाह

काठमाडौँ- बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ।

भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हनुमन्ते खोला तटीय क्षेत्रमा दिउँसोसम्मै बाढीको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: १७ असोज २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast