बाढीपहिरो अपडेट : २३३ को मृत्यु, १६९ घाइते

हिमाल प्रेस १७ असोज २०८१ ७:०७
4
SHARES
बाढीपहिरो अपडेट : २३३ को मृत्यु, १६९ घाइते

काठमाडौँ- हालैको बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अन्य १६९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।

प्रकाशित: १७ असोज २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =