विपद्‍‍मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम

हिमाल प्रेस १६ असोज २०८१ २०:१५
10
SHARES
विपद्‍‍मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम

काठमाडौँ- बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपद्मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई बुधबार काठमाडौँ र ललितपुरका केही पालिकामा मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ।

सरकारले विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायताबापत दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णयअनुसार मंगलबारदेखि राहत रकम वितरण सुरु भएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले काठमाडौँमा बुधबार ९ जना मृतकका परिवारलाई राहत रकम घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिए। उनले मृतकका परिवारलाई जनही दुई लाखका दरले १६ लाख र घर भत्किएका केही परिवारलाई गरी एक लाख रकम हस्तान्तरण गरिएको जानकारी दिए।

प्रजिअ आचार्यले काठमाडौँका दक्षिणकाली नगरपालिकामा दुई मृतकका परिवार, चन्द्रागिरि नगरपालिकामा दुई र नागार्जुन नगरपालिकामा पाँच जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको बताए।

त्यसै गरी ललितपुर जिल्लाका दुई पालिकाका सात जना मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए। उनले ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सात जना मृतकका परिवारलाई गरी १३ लाख राहत रकम घरमै पुगेर वितरण गरिएको बताए।

यता भक्तपुरमा पनि विपद्मा परी ज्यान गुमाएका चार जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्। उनले चार जना मृतकका परिवारलाई तीन लाख ३० हजार रकम उपलब्ध गराइएको जानकारी दिए। त्यसका साथै अन्य प्रभावित जिल्लामा पनि राहत रकम वितरणका लागि तयारी भइरहेको छ।

प्रकाशित: १६ असोज २०८१ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =