दसैँका लागि सज्जियो जनकपुरधाम

हिमाल प्रेस १६ असोज २०८१ १९:३६
46
SHARES
दसैँका लागि सज्जियो जनकपुरधाम दसैँमा जनकपुरधाम

काठमाडौँ- नेपालीहरूको महान चाड विजया दशमीका लागि जनकपुरधाममा तयारी अन्तिम चरणमा पुगेको छ। दसैँलाई भव्यता प्रदान गर्न जनकपुरधामका स्थानीय युवा क्लबहरू हरेक वर्ष झैँ यसपालि पनि तयारीमा जुटेका हुन्।

जनकपुरधाममा प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा माता दुर्गाको प्रतिमा स्थापना गरी दसैँमा पूजाआजा हुने गर्दछ। दसैँमा पूजा हुने राजदेवी मन्दिरसहित अन्य स्थानको सरसजावटमा युवा क्लबहरू जुटेका छन्।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित प्रतिमा स्थापना गरी पूजा गरिने ठाउँहरूमा आकर्षक पण्डाल, भिलिमिली बत्ती जडान कार्य अन्तिम चरणमा पुगेको छ।

राजा जनकको कुलदेवता ठानिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र झिलिमिली बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगेको पूजा व्यवस्थापन गर्दै आएको महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार साहले बताए।

त्यस्तै रामानन्द चोकमा रामानन्द युवा कल्बले हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको छ। पूजालाई भव्यता प्रदान गर्न क्लबले रामानन्द चोकमा पण्डाल निर्माण थालेको छ।

यसका साथै जनकपुरधामको मुरली चोक, दुर्गा चोक, पिडडिया माइस्थान, रजौललगायतका क्षेत्रमा दसैँभर भव्यताका पूजाआजा हुने गरेको छ।

प्रकाशित: १६ असोज २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast