विपद् अपडेट : मृत्यु संख्या २४२ पुग्यो

हिमाल प्रेस १६ असोज २०८१ १९:१८
28
SHARES
विपद् अपडेट : मृत्यु संख्या २४२ पुग्यो

काठमाडौँ- असोज ११ गतेको बाढीपहिरोले परेर मृत्यु हुनेको संख्या २४२ पुगेको छ। सशस्त्र प्रहरी बलका अनुसार बुधबार साँझ ६ बजेसम्म कोशीमा २३, मधेशमा ८, काठमाडौँ उपत्यकामा १०१, बागमती (उपत्यका बाहेक) १०८, लुम्बिनीमा दुई जनाको मृत्यु भएको हो।

काठमाडौँमा मात्रै ५२, भक्तपुरमा पाँच र ललितपुरमा ४४ जनाको मृत्यु भएको छ। त्यस्तै १२८ जना घाइते र २२ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरीका अनुसार १३ हजार १२९ जनाको सकुशल उद्धार गरिएको छ।

प्रकाशित: १६ असोज २०८१ १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =