वन्यजन्तुमा बर्डफ्लू संक्रमण : भियतनामको चिडियाखानामा मरे ४७ बाघ

हिमाल प्रेस १६ असोज २०८१ १८:४९
12
SHARES
वन्यजन्तुमा बर्डफ्लू संक्रमण : भियतनामको चिडियाखानामा मरे ४७ बाघ

हनोई (रासस/एएफपी)- ‘एच ५ एन १’ बर्ड फ्लू भाइरस संक्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, तीनवटा सिंह र एक प्यान्थरको मृत्यु भएको त्यहाँको सरकारी मिडियाले बुधबार जनाएको छ।

आधिकारिक भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरूको मृत्यु भएको हो।

‘नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच ५ एन १ टाइप-ए’ भाइरसको संक्रमणबाट भएको भीएनएले जनाएको छ । चिडियाखानाहरूले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेसन फर नेचर भियतनाम (ईएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ।

सन् २०२२ देखि एच ५ एन १ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।

भियतनामले मार्चमा विश्व स्वास्थ्य संगठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो।

प्रकाशित: १६ असोज २०८१ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast