शिक्षक कर्मचारीको तलबभत्ता मासिक रूपमा बैंकमार्फत दिन सबै स्थानीय तहलाई पत्राचार

हिमाल प्रेस १६ असोज २०८१ १७:३२
2.1k
SHARES
शिक्षक कर्मचारीको तलबभत्ता मासिक रूपमा बैंकमार्फत दिन सबै स्थानीय तहलाई पत्राचार

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनगुमन शाखा) ले शिक्षक–कर्मचारीको तलबभत्ता मासिक रूपमा बैंकमार्फत उपलब्ध गराउन अनुरोध गरेको छ। शाखा अधिकृत मुक्तादेवी पोखरेलले सबै स्थानीय तह (७५३) लाई आज पत्र पठाउँदै सोबारे अनुरोध गरेकी हुन्।

चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ मा स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सबै बजेट उपशीर्षकहरूको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवं मापदण्डको शिक्षकको तलबभत्ताअन्तर्गत बुँदा नं ५ मा विद्यालयले शिक्षक र कर्मचारीको तलब भत्ता बैंकमार्फत भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

पत्रमा भनिएको छ,‘‘विद्यालयले त्रैमासिकको पहिलो महिनामा ३ महिनाका लागि नियमानुसार आवश्यक तलबभत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलबभत्ता भुक्तानी हुने व्यवस्था मिलाउने’उल्लेख भएको व्यहोरा अवगत नै छ। उक्त प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्नुहुन यस केन्द्रको मिति २०८१।०६।१६ को निर्णयानुसार अनुरोध छ।’

अधिकृत पोखरेलले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई उक्त कार्यमा आवश्यक समन्वय सहजीकरण तथा नियमित अनुगमन गरी केन्द्रमा प्रतिवेदन पेस गर्न अनुरोधसमेत गरेकी छिन्।

प्रकाशित: १६ असोज २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =