दसैंमा राति पनि हवाई उडान

हिमाल प्रेस १६ असोज २०८१ १६:०८
10
SHARES
दसैंमा राति पनि हवाई उडान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे। फाइल तस्बिर।

काठमाडौँ– संस्कृति पर्ययटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन्।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएका छन्। मन्त्री पाण्डेले भने, ‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ।’

साथै मन्त्री पाण्डेले रात्रिकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकताअनुसार उडान हुने जानकारी दिएका छन्।

प्रकाशित: १६ असोज २०८१ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =