एसईईको नतिजा सुधार्न काठमाडौँ महानगरले सञ्चालन गर्दैछ सहायता शिविर

हिमाल प्रेस १६ असोज २०८१ १५:४९
58
SHARES
एसईईको नतिजा सुधार्न काठमाडौँ महानगरले सञ्चालन गर्दैछ सहायता शिविर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्षमा गौरवको योजनाअन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम गर्न लागेको हो।

दसैँ तिहारको बिचमा र जाडो बिदामा महानगरभित्रका ८ वटा स्रोत विद्यालयमा एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो। यसका लागि स्रोत केन्द्रका स्रोत शिक्षकसँग समन्वय गरेर आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म कक्षा १० का विद्यार्थीलाई उक्त शिविरमा सहभागी गराउन अनुरोध गरेको छ।

सम्बन्धित स्रोत केन्द्र विद्यालयको हकमा सम्बन्धित स्रोत शिक्षकले शिविरको अगुवाइ गर्नुका साथै अन्य विद्यालय केन्द्रको हकमा प्रधानाध्यापकले अगुवाइ गर्नुपर्ने महानगरले जनाएको छ।

शिविरमा कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ। शिविरमा गणित, सामाजिक अध्यापन गर्न तथा प्रयोगात्मक सिकाइका लागि स्टिम (एसटीईएम) को आधारमा अभ्यास गराउन सक्ने महानगरले जनाएको छ।

विषयतग शिक्षकको व्यवस्थापन सम्बन्धित केन्द्रको अगुवाइकर्ताले गर्नेछ। उक्त शिविरमा लिट्रेचर, फाइन एण्ड भिजुअल आर्ट, पर्फमेन्स आर्ट एण्ड डिजिटल आर्टसम्बन्धित क्रियाकलापहरू समेत सञ्चालन गरिने महानरले जनाएको छ।

 

प्रकाशित: १६ असोज २०८१ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =