शिक्षक कर्मचारीको तलब, भत्ता र चाडबाड खर्च निकासा [सूची]

हिमाल प्रेस १६ असोज २०८१ १५:०९
2.2k
SHARES
शिक्षक कर्मचारीको तलब, भत्ता र चाडबाड खर्च निकासा [सूची]

काठमाडौँ- लमजुङको राइनास नगरपालिकाले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तीन महिनाको तलब निकासा गरिएको जनाएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले साउन, भदौ, असोज महिनाको तलब, भत्ता र चाडपर्व खर्च रकम निकासा गरिएको जानकारी दिएको हो।

शाखाकाअनुसार ३५ विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि ५ करोड १४ लाख ९३ हजार १५० रुपैयाँको चेक हिमालयन बैंक लिमिटेड राइनास शाखा कार्यालय लमजुङमा पठाइएको छ।

नगरपालिकाअन्तर्गतका चार विद्यालय (९–१०) का संघीयतर्फका अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको पनि साउन, भदौ, असोज महिनाको तलब, भत्ता र चाडपर्व खर्च रकम निकासा गरिएको शाखाले जनाएको छ।

उनीहरूका लागि १० लाख, ४८ हजार ५३६ रुपैयाँको चेक राइनास शाखाकै हिमालयन बैंकमा पठाइएको छ।

त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पनि शिक्षक, कर्मचारीको त्रैमासिक तलब, भत्ता र चाडपर्व खर्च विद्यालयको खातामा निकासा भएको भएको जनाएको छ।

त्यस्तै, तनहुँको भानु नगरपालिकाको आर्थिक प्रशासन शाखाले शिक्षक-कर्मचारीको तीन महिनाको तलबसहित चाडबाड खर्च निकासा भइसकेको जनाएको छ।

शाखाले सोमबार सूचना जारी गर्दै साउन, भदौ र असोज महिनाको तलब र चाडबाड खर्च निकासा भइसकेको जनाएको हो।

‘भानु नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रहरूमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी (लेखासहायक र कार्यालय सहयोगी) सहयोगी कार्यकर्ता तथा सामुदायिक सिकाइ केन्द्रमा कार्यरत समुदाय परिचालकहरूको चालु आव २०८१।०८२ को पहिलो त्रैमासिक निकासा (साउन, भदौ र असोज) को तलब र चाडबाड खर्च निकासा भइसकेको छ,’ जारी सूचनामा भनिएको छ।

राइनास नगरपालिका

प्रकाशित: १६ असोज २०८१ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =