विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

हिमाल प्रेस १६ असोज २०८१ १२:५६
4
SHARES
विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

काठमाडौँ- आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका सरोकार भएका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन्।

बाढीपहिरोको चपेटामा परेका जनतालाई संकटका बेलामा तीन तहका सरकार सहारा बन्नुपर्ने भन्दै अध्यक्ष साहले विपद्को समयमा ‘मेरो पछाडि राज्य छ’ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याए।

उनले आ-आफ्नो तर्फबाट पीडित जनतालाई सहयोग उपलब्ध गराउन सबैसँग आग्रह समेत गरे। बाढीपहिरोबाट जनधनका साथै लाखौँ जनताका अर्बौँ मूल्य बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै सांसदसमेत रहेका अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राखे।

उनले बाढीपहिरो पीडितलाई एक महिना बराबरको आफ्नो पारिश्रमिक उपलब्ध गराउने जानकारी दिए।

प्रकाशित: १६ असोज २०८१ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =