देशभर कहाँ कहाँका अवरुद्ध छन् सडक?

हिमाल प्रेस १६ असोज २०८१ ९:१३
12
SHARES
देशभर कहाँ कहाँका अवरुद्ध छन् सडक?

काठमाडौँ- तीनको वर्षाका कारण देशभरका सडक भत्किएका छन्। सडक र पुल भत्किँदा सवारी आवागमन बन्द भएको छ। नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले आज पनि सवारी आवागमन बन्द भएको छ।

काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ। विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आज पनि चल्न सकेका छैनन्।

यस बाहेक अन्य नाकाबाट भने सवारी साधन सञ्चालन भइरहेका छन्। काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा रोशी खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ। रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रूपमै रोकिएको छ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ। मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवतजावत रोकिएको छ।

प्रकाशित: १६ असोज २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =