प्रधानसेनापति ट्रफी २०८१ को उपाधि श्री उपत्यकालाई

हिमाल प्रेस १५ असोज २०८१ २१:०६
8
SHARES
प्रधानसेनापति ट्रफी २०८१ को उपाधि श्री उपत्यकालाई

काठमाडौँ- प्रधानसेनापति ट्रफी २०८१ को उपाधि श्री उपत्यकाले जितेको छ। श्री नं.१६ बाहिनी द्वितीय र श्री विशेष फौज बाहिनी तृतीय भएका छन्। यसै गरी गणतर्फ श्री पुरानो गोरख गण प्रथम, श्री जगदल गण र श्री भैरवनाथ गण समान अंकका साथ द्वितीय भएका छन्।

जंगी अड्डाको खेल मैदानमा मंगलबार सम्पन्न समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगितामा प्रथम भएका उत्कृष्ट खेलाडी, रेफ्रीहरूलाई पुरस्कृत गरे। त्यसै गरी सोही अवसरमा प्रधानसेनापति सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्विरलचियर खेल प्रतियोगितालगायत अन्य खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने ११ जना खेलाडीहरूलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरे।

प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरूलाई पूर्व प्रधानसेनापतिहरूले पुरस्कृत गरे। साथै वर्षभरिमा उत्कृष्ट खेलाडीको रुपमा छनौट भएका महिला र पुरुष खेलाडी १/१ जनालाई प्रधानसेनापति महारथी श्री गौरव शम्शेर जबरा अजेयबल ट्रफीद्वारा पुरस्कृत गरिएको थियो। प्रतियोगिताअन्तर्गत विभिन्न विधाहरूमा विजेता भएका खेलाडीहरुलाई अतिरथी निर शम्शेर ज.ब.रा. पुरस्कार कोषबाट नगद पुरस्कार समेत प्रदान गरिएको थियो।

प्रतियोगितामा भदौ ३० गतेदेखि सुरू भएको थियो। एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरू सहभागी थिए।

प्रकाशित: १५ असोज २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =