रिहा भए दुर्गा प्रसाईं

हिमाल प्रेस १५ असोज २०८१ १८:१२
14
SHARES
रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन्।

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो।

उनीमाथि एक महिलाको चरित्र हत्या गरेको आरोप छ।

प्रकाशित: १५ असोज २०८१ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =