राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले तोक्यो ७७ वटै जिल्ला संयोजक (नामसहित)

हिमाल प्रेस १५ असोज २०८१ १४:२०
28
SHARES
राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले तोक्यो ७७ वटै जिल्ला संयोजक (नामसहित)

काठमाडौँ– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्ला संयोजक मनोनीत गरेको छ। पार्टी अध्यक्ष महतोको अध्यक्षतामा काठमाडौँमा उपलब्ध केन्द्रीय नेताहरूको उपस्थितिमा भएको बैठकले ७७ वटै जिल्ला संयोजक मनोनीत गर्ने निर्णय गरेको हो

बैठकले हालै भएको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई सहयोग गर्न ७७ वटै जिल्लाका संयोजकलाई आग्रह पनि गरेको कार्यकारिणी सदस्य केशव झाले हिमालप्रेसलाई जानकारी दिए।

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी यही असोज १ गते घोषणा भएको हो। २०८० फागुनदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामबाट विभिन्न अभियान चलिरहेको थियो। उक्त अभियानलाई नै पार्टीमा रुपान्तरण गरिएको हो।

यी हुन् संयोजक मनोनीत भएकाहरू

प्रकाशित: १५ असोज २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =