शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठायो बाढीपहिरोबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण

हिमाल प्रेस १५ असोज २०८१ १३:४७
92
SHARES
शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठायो बाढीपहिरोबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा पारेको असरको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ।

बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण संकलन गरी प्रधानमन्त्रीको कार्यालयमा पठाइएको शिक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले जानकारी दिए।

मन्त्रालयले आइतबार र सोमबारको विवरण पठाइसकेको छ भने आज मंगलबारको पनि विवरण संकलन भएपछि पठाइने पोख्रेलले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयले बाढीपहिरोबाट शिक्षा क्षेत्रमा पारेको असरको अवस्था हेरेर राहत उपलब्ध गराउने बताइएको छ।

शिक्षा मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म बाढीपहिरोबाट हालसम्म ८७ विद्यालयमा क्षति र ८ विद्यार्थीको मृत्यु भएको जनाएको छ।

यस्तो छ विवरण

प्रकाशित: १५ असोज २०८१ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =