बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन सरकारले ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने

हिमाल प्रेस १५ असोज २०८१ १३:०७
14
SHARES
बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन सरकारले ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने

काठमाडौँ- सरकारले बाढीपहिरो पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन सहयोगको पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ। मन्त्रीपरिषद्को बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ।

यो निर्णय अनुसार स्थानीय तहले लाभग्राही पहिचान गरेकालाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देशन गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। ‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिन भित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ गृहमन्त्री लेखकले भने।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी गृहमन्त्री लेखकले अस्थायी आवासका लागि रकम पाएपछि स्थायी आवासका लागि समेत सहयोग पाउने आश्वासन दिए। उनले स्थायी आवासका लागि पछि निर्णय हुने जानकारी दिए। मन्त्रीपरिषद्को बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ।

यो निर्णय अनुसार स्थानीय तहले लाभग्राही पहिचान गरेकालाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको लेखकले जानकारी दिए।

प्रकाशित: १५ असोज २०८१ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast